सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

Posted on: 19 May, 2019

जेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो ।

विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो । नेकपामा प्रवेश गर्ने अन्य स्थानीय कार्यकर्तामा चन्द्रबहादुर विक, विनु विश्वकर्मालगायत २२ जना रहेका नेकपाका जिल्ला कमिटी सदस्य बैकुण्ठ भण्डारीले जानकारी दिनुभयो ।  

पार्टी प्रवेश गरेकालाई आज नेकपा जिल्ला कमिटीका सदस्यद्वय दलबहादुर गुरुङ, भण्डारी र वडाध्यक्ष समबहादुर गुरुङले नेकपामा स्वागत गर्नुभएको थियो । शुरुमा एनेकपा माओवादी, एमाले हुँदै सङ्घीय समाजवादी प्रवेश गर्नुभएका थमनले विगतमा सँगै काम गरेका साथीको आग्रह र नेकपा नेतृत्वको सरकारले अहिले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट उत्साहित भएर नेकपामा प्रवेश गरेको बताउनुभयो । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!