आइएलो सहायक महानिर्देशक र श्रममन्त्री विच छलफल

Posted on: 20 May, 2019

जेठ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय निर्देशक तोमोको निशिमोतो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विच शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री विष्टले निर्देशक निशिमोतोलाई नेपाल सरकारले स्वदेशमै रोजगारी सृजनालाई महत्व दिएको बारे जानकारी गराएका छन्  ।


मर्यादित श्रम सुनिश्चित गर्न तथा श्रमिकको जीवनमा आधारभूत परिवर्तन ल्‍याउन सञ्चालन गरिएका सामाजिक सुरक्षा कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठनले गरेको सहयोगका लागि मन्त्री विष्टले धन्यवाद दिए । साथै आगामी दिनमा यस संगठनसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुहुँदै आई.एल.‌ओ. ले मनाउन लागिरहेको शतवार्षिकी समारोहको सफलताको शुभकामना दिए । निर्देशक निशोमोतोले वर्तमान सरकारले अघि बढाएको श्रमको सम्मान अभियान, रोजगारीका अवसर सिर्जना र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई महत्वका साथ अगाडि बढाएकोमा उत्साहित हुँदै खुशी व्यक्त गरे । 

द्रिपक्षीय भेटघाटबाट नेपाल सरकार र  आई.एल.‌ओ. बीचको सम्बन्ध तथा सहकार्यलाई अगाडि बढाउन थप मद्दत पुग्ने विश्वास लिइएको मन्त्रालयले श्रम मन्त्रालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!