१२ गते भएको घटनाप्रति माओवादी केन्द्रद्वारा दु:ख व्यक्त (बिज्ञप्ति सहित)

Posted on: 28 May, 2019

जेठ १४, काठमाडौँ । पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लब समूहको बन्दको क्रममा १२ गते भएको घटनाप्रति दु:ख प्रकट गर्दै बिज्ञप्ति जारी गरेको छ । विप्लब नेतृत्वको नेकपाका ४ जनाको निधन र ७ जनाको घाइते भएको घटनालाई माओवादी केन्द्रको विज्ञाप्तिले अकल्पनीय र दु:खद घटना भएको जनाएको छ । 

पार्टीका महासचिव कर्णजीत बुढाथोकीद्वारा जारी बिज्ञप्तिमा उक्त घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरुप्रति श्रद्दान्जली व्यक्त गरिएको छ । 

बिज्ञप्तिमा ओली सरकारले नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनुले देश द्वन्दतिर जाने सम्भावना बढेको उल्लेख छ । विज्ञप्ति मार्फत माओवादी केन्द्रले बामपन्थी शक्तिहरु एकजुट हुनु पर्ने भन्दै सरकार र नेकपा दुवै पक्षलाई वार्ताको वातावरण बनाउन माग गरेको छ । 

यस्तो छ विज्ञप्ति 


यस बिषयमा तपाइको प्रतिक्रिया...!