कमजोरी औँल्याउने काम पत्रकारको हो : प्रवक्ता शर्मा

Posted on: 03 Jun, 2019

जेठ २०, तम्घास । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिमा थुप्रै कमीकमजोरी भए पनि त्यसलाई औँल्याउने काम पत्रकारको भएको बताउनुभएको छ । पत्रकारले कमीकमजोरी नऔँल्याए राजनीति र समाज सुध्रिन नसक्ने बताउनुभयो । 

 काङ्ग्रेसले शुरु गरेको राष्ट्रिय जागरण अभियानअन्तर्गत नेपाल तरुण दल र नेपाल विद्यार्थी सङ्घ गुल्मीले संयुक्त रुपमा आज सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभामा प्रवक्ता शर्माले आफ्नो पार्टी सरकारले ल्याएको सञ्चारसम्बन्धी विधेयकको विपक्षमा भएको बताउनुभयो । उहाँले मुलुकमा लोकतन्त्र ल्याउन पत्रकारको अहम् भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । “काङ्ग्रेस सधैँ प्रेस स्वतन्त्रताको पक्षमा उभिन्छ”, शर्माले भन्नुभयो । 

 कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङग बस्नेत, पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!