नेकपाले आज जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाउदै

Posted on: 06 Jun, 2019

जेठ २३, काठमाडौँ | नेकपाले आज जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बैठकपछि जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयमा छलफल भएको र बिहिबार निर्णय लिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।

श्रेष्ठका अनुसार केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको भन्दै छलफल आज टुंगिने र जिल्ला नेतृत्व टुंगो लगाईनेछ । नेता श्रेष्ठले आज बिहान ९ बजे बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने विषयलाई टुङ्ग्याउने छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बुधबार नै जिल्ला कमिटीका इन्चार्ज र सहइन्चार्ज टुंग्याउन लागिएको श्रेष्ठले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!