विमान अपहरणबारे वृत्तचित्र प्रदर्शन

Posted on: 07 Jun, 2019


जेठ २४ ,काठमाडौं(रासस ) नेपाली राजनीतिका युग पुरुष स्व गिरिजाप्रसाद कोेइरालकाबारे तयार पारिएको वृत्तचित्र प्रजातन्त्रका लागि अपहरण प्रदर्शन गरिने भएको छ ।

रफ्त सञ्चार क्लबमा आज आयाजना गरिएको पत्रकार सम्मेलनमा स्व कोइरालाको राजनीतिक यात्रामा भएको गतिविधिका साथै २०३० सालमा भएको विमान अपहरणकाबारे जानकारी दिने उद्देश्यका साथ तयार पारिएको वृत्तचित्र बाराही मूभिजमा आगामी २६ गते प्रदर्शन गरिने जानकारी दिइयो ।

 गिरिजाप्रसाद कोइराला फाउण्डेसन भक्तपुरले वृत्तचित्र प्रदर्शन गर्ने भएको फाउण्डेशनका अध्यक्ष विदुरमान सिंह बस्नेतले जानकारी दिनुभयो । प्रजातन्त्र हासिल गर्दा कस्ता खालको राजनीतिक गतिविधि भए, नेपाली राजनीतिका युग पुरुषको राजनीति जीवन कस्तो थियो भन्ने जानकारी नयाँ पुस्तालाई दिने हेतुका साथ वृत्त चित्र प्रदर्शन गर्ने भएको नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं युवा नेता विनोद प्रकाश कायस्थले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!