असार २, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका बरिष्ठ नेता एवंम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गुठी विधेयकका सम्बन्धमा काठमाडौं उपत्यकाका सांसदहरुसँग सोमबार सिंहदरबारमा छलफल गरेका छन् ।
सिंहदरबारस्थित कृषि समितिको हलमा नेता नेपालले प्रस्तावित विधयेकका बारेमा सांसदरुसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्माओलीले बालुवाटारमा गुठी विधेयकबारे छलफल गर्ने तयारी गरिरहेका बेला त्यसको ठीक दुईघण्टा पहिले माधव नेपालले बेग्लै छलफल गरेका हुन् । नेता नेपाल र सांसदहरुवीच करिब डेढ घण्टा छलफल भएको छ ।
प्रधानमन्त्रीले तीन बजे काठमाडौँका नेताहरु लाई दिउसो ३ बजे बोलाएका थिए | सहभागीहरुले गुठी विधेयक फिर्ता लिन नेता नेपालसमक्ष माग राखेका थिए |
यस बिषयमा तपाइको प्रतिक्रिया...!