सरकारलाई सतर्क रहन बाबुरामको आग्रह

Posted on: 21 Jun, 2019

असार ६, काठमाडौँ |  शुक्रबार संसदमा बोल्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गुठि बिधेयक बिरुद माइतीघर मण्डलामा भएको प्रदर्शनको संकेत बुझ्न सरकारको ध्यानाकर्षण गरेका छन् | माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् ।

भट्टराईले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माइतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले । यसबाट हाम्रा ज्वाइँ प्रधानमन्त्री, ज्वाइँ उपप्रधानमन्त्री, ज्वाइँ मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।’

मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु खारेज गर्न सरकारसंग  माग गरेका छन | यो बिधेयक संबिधान बिपरित रहेको उनको टिप्पणी छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!