सुदूरपश्चिम प्रदेशसभाको बैठक दोस्रो पटक पनि स्थगीत

Posted on: 23 Jun, 2019

असार ८, काठमाडौँ | सुदूरपश्चिम प्रदेशसभाको बैठक  आज दोस्रो पटक पनि स्थगीत भएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७६-७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले अबरोध सिर्जना गर्ने देखिएपछि आजका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको हो | 

सभामुखको आदेश अनुसार प्रदेश सचिवालयले सूचना लगाउदै बैठेक असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको हो |यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउदै अवरोध सिर्जना गरेपछि सभामुखले आज सम्मका लागि बैठक स्थगीत गरेका थिए।सोही प्रमुख प्रतिपक्षी दलले सरकारले पाल्दै भ्रष्टाचार र लुट मच्चाउने गरी बजेट ल्याएको भन्दै प्रदेशसभाको मुल गेटमा रातो किताब जलाएका थिए। 

प्रतिपक्षी दलका सांसदले बजेट संशोधन हुुनुपर्ने माग गरेपनि सरकार संशोधन नगर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री झपट बोहोराले बजेट सन्तुलित रहेकाले कुनै पनि हालतमा संशोधन गर्न नसकिने दावी गर्दै आएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!