विप्लवका समुहका २ जना कार्यकर्ता पक्राउ

Posted on: 24 Jun, 2019

 असार ९, काठमाडौँ  | नेत्र बिक्रम चन्द नेत्तृत्वको नेकपाका दुई जना कार्यकर्ता अटोमेटिक पेस्तोल र गोलीसहित मोरङबाट  प्रहरीले  पक्राउ गरेको छ ।

अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको हो । धिमाल विप्लव समूहका सक्रिय कार्यकर्ता हुन् । राई केही महिनाअघि समुहले जनपरिषद प्रमुख घोषणा गरेका व्यक्ति हुन् ।

पक्राउ परेकाहरुको साथबाट अटोमेटिक पेस्तोल २ थान, सो पेस्तोलमा लाग्ने ४ नाल म्यागजिन र १४ राउण्ड गोली बरामद भएको मोरङ प्रहरीले जानकारी दिएको छ । प्रहरीले आज उनीहरुलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!