दीपक मनाङे नेकपा प्रवेश गर्दै

Posted on: 03 Jul, 2019

 असार  १८,  काठमाडौं । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी बाट बिजय भएका  दिपक मनाङे गण्डकी प्रदेश सांसद हुन् | उनी बिहीबार नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

 गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराउने तय भएको छ ।विजय भएपछि उनी फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि  सपथ लिन पाएका थिएनन् ।

उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!