सुदूरपश्चिम प्रदेश सभाको बैठक छैठौँ पटक पनि स्थगित

Posted on: 03 Jul, 2019

असार १८, काठमाडौँ |  सुदूरपश्चिम प्रदेशसभा लगातार छ चोटी स्थगित भएको छ | बजेटको बिषयलाई लिएर सरकार र प्रतिपक्ष दलबीच सहमति हुन नसक्दा बुधबार बोलाइएको बैठक पनि आगामी असार २१ गते सम्मका लागि स्थगित भएको हो |

प्रदेश सरकारले ल्याएको बजेटमा असहमति जनाउँदै प्रतिपक्षी दल नेपाली कांगेस र राष्ट्रिय जनता पार्टी आन्दोलनमा रहेकै बेला सत्तारुढ दलकै सासंदहरुले समेत बजेट संशोधनको माग सहित मुख्यमन्त्रीलाई हस्ताक्षर बुझाएपछि सरकार समस्यामा परेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!