धनगढी बम विष्फोट 'आत्म सुरक्षाको लागि', घाइतेको उपचार 'विप्लव' नेकपाले गर्ने (बिज्ञप्ति)

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ | बिहीबार धनगढीमा भएको शक्तिशाली बम विष्फोट आत्म सुरक्षाको लागि भएको एक विज्ञप्ति जारी गर्दै  नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वले जानकारी गराएको छ ।

जारी विज्ञप्तिमा लेखिएको छ 'हिजो साझ धनगढी उप-महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्मसुरक्षाका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा सहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह क. 'राजेश' लाई एकीकृत जनक्रान्तिका महान सहिद घोषणा गर्दै वहाँप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।'  

विप्लव नेकपाले जारी गरेको बिज्ञप्तिमा घाइतेहरुको उचित उपचारको व्यवस्था सोहि पार्टीले गर्ने उल्लेख छ । उक्त विज्ञप्ति नेकपा पार्टीका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले जारी गरेका हुन् । बिहीबार धनगढीमा भएको घटनाको चार जना घाइते छन् । विज्ञप्तिमा यो घटनाको मुख्य जिम्मेबारी फासीबादी ओली सरकारले लिनु पर्ने उल्लेख छ । यसअघि पार्टीका कैलाली जिल्ला इन्जार्चले यो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको बताएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!