‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

Posted on: 26 Jul, 2019

साउन १०, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ । 

सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाउनुभएको हो । 

संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै पत्र बुझाइएको उहाँले जानकारी दिनुभयो ।


नेकपाका संस्थापक महासचिव भए पनि पुष्पलाललाई नेपाली कम्युनिस्ट पार्टीका नेताहरुले भुल्दै गएको र उनको नाम भजाएर खाने भाडो मात्रै बनाएको रायमाझीले बताए । नेता रायमाझीले भने " नेपाली कम्युनिस्ट आन्दोलनमा जीवनकाल भरी सम्पुर्ण रुपले, उच्च इमानदारीसाथ समर्पित हुँदा हुँदै पनि बाचुञ्जेल गद्दारको बिल्ला भिराइयो आज तिनै मान्छेहरु उहाँको नाम भजाएर खाइरहेका छन् , अब साच्चै दलाल र गद्दार को रहेछ त ? नेपाली जनताले राम्ररी चिन्न पाए । उहाँ जस्तो स्वतन्त्र राष्ट्रिय चिन्तक, बैचारिक- राजनीतिक एवं पार्टी संगठनमा बैज्ञानिक योगदान गर्ने क्रान्तिकारी ब्याक्तित्व बिरलै पाइन्छ । त्यसैले उहाँका बैज्ञानिक योगदानहरुको उच्च मुल्यांकन गरि उहाँलाई राष्ट्रिय बिभुती घोषणा गर्ने सोच अध्यक्ष गोपाल किरातीको प्रस्तावमा हाम्रो केन्द्रीय समितिको तर्फबाट जोडदार माग र पहल गरिरहेका छौं । आशा गरौं कम्युनिस्ट नामधारी सरकार भएको हुनाले यो माग पुरा हुन्छ होला ।"

यस बिषयमा तपाइको प्रतिक्रिया...!