काङ्ग्रेसद्वारा दुःख व्यक्त

Posted on: 28 Jul, 2019

साउन १२, काठमाडौँ  | नेपाली काङ्ग्रेसले संविधानसभा सदस्य महा नेपालीका धर्मपत्नी खिरीदेवीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस संसदीय दलले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । 

काङ्ग्रेसका सक्रिय सदस्य खिरीदेवीको यही साउन १० गते निधन भएको हो । 

काङ्ग्रेसले स्व खिरीदेवी हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी हुँदै आउनुभएको जनाएको छ । पार्टी प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्तिमार्फत स्व खिरीदेवीले पार्टीलाई दिनुभएको योगदान सधँै स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!