समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

Posted on: 31 Jul, 2019

साउन १५, काठमाडौँ  |  प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका  बनाएर कामगर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्  | आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै , ओलीले निर्देशन दिएका हुन् | 

ओलीले  बुधबार कार्य सम्पादन सम्झौता गरेका छन् | उनले भने " अहिले राजनीतिक अस्थीरताले काम गर्न दिएन भन्ने छैन, वार्षिक कार्ययोजना, मासिक कार्ययोजना बनाएर, समय तालिका निर्धारण गरेर काममा लाग्नुहोस् " स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको र जनताले त्यसैले बहुमत दिएको बताए |

अल्पविकसित राष्ट्रलाई विकसित राष्ट्र बनाउनुपर्ने जिम्मेवारी रहेकाले प्राप्त सहयोगको सदुपयोग गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् | दातृ राष्ट्र र संस्थाहरुबाट सहयोग नरोकिएको त्यस अनुसार काम हुन नसकेको पनि बताएका छन् |

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गर्ने कामको सुरुवात गरिएको हो | प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!