४७ स्थानमा उपनिर्वाचन हुँदै, छलफलका लागि बोलाइयो सर्वदलीय बैठक

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  |  निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ । 

दलहरूसँग छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् | राजनीतिक पार्टीहरूसँग परामर्श गरेर दुई–तीन दिनभित्र उपनिर्वाचनको मिति सिफारिस गर्छौं उनले भने आयोगसंग परामर्श गरेर सरकारले उपनिर्वाचनको मिति  मिति घोषणा गर्ने कानुनि व्यवस्था छ |

 विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा आयोगले  उपनिर्वाचन गर्न लागेको हो | आयोगका अनुसार प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छन | त्यस्तै ३८ वडामा पनि जनप्रतिनिधि छैनन् । ६ महिना कार्यकाल बाँकी हुँदै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पद रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था छ । स्थानीय तहमा भने एक वर्षभन्दा कम अवधि बाँकी छ भने उपनिर्वाचन हुँदैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!