प्रतिनिधिसभाको बैठक सूचना टाँसेर २० गते सम्मका लागि स्थगित

Posted on: 01 Aug, 2019

साउन १६, काठमाडौँ  | प्रतिनिधिसभाको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको छ । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्णबहादुर महराले बोलाएको सर्वदलीय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि सूचना टाँसेर स्थगित गरिएको हो ।

संघीय संसद भवनमा बसेको सर्वदलीय बैठकमा सदन सञ्चालन गर्नुपर्छ भन्नेमा सबै दलहरु सकारात्मक देखिए पनि आ-आफ्नै अडानमा कायम रहेपछि सहमति जुट्न नसकेको हो । नेत्र विक्रम चन्द विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् ।

पौडेलले लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दे आएको छ | त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमितकुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!