‘२०१८ की मिस नेपाल अर्थ’ प्रिया सिग्देल साझा पार्टीमा

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौँ । गत वर्षकी ‘मिस नेपाल अर्थ’ २४ वर्षीय प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको प्रवक्ता सूर्यराज आचार्यले बताएका छन् |

‘डिभेलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया पिछडिएका महिलाहरूको सशक्तिकरणका लागि काम गर्ने सामाजिक संस्था हात्तीहात्तीकी संस्थापक अध्यक्ष पनि हुन् । उनले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् र ‘युवा चेन्ज मेकर’को रूपमा स्विट्जरलण्ड, भारत र वंगलादेशमा आफ्ना प्रस्तुतिहरू दिएकी छन् ।

सिग्देल भन्छिन्, ‘मिस नेपालको प्रमुख तीन टाइटल विजेता भएपछि धेरैको अपेक्षा म अब सिने कलाकार, मोडल, फेशन डिजाइनर, टेलिभिजन या अन्य कार्यक्रमको प्रस्तोता नै हुने होला भन्ने हुँदोरहेछ । तर मलाई चाहिँ भित्रैदेखि राजनीतिमा लागेर समाजको बृहत्तर रूपान्तरणमा भूमिका खेल्न रहर छ ।

अबको नेपाल कस्तो बनाउने भन्ने निर्णयमा युवा पुस्ताको सक्रिय सहभागिता अनिवार्य छ । अग्रज पुस्तासँग हातेमालो गर्दै नेपाली युवाको सपना साकार पार्ने अभियानमा सरिक हुन पाउँदा गर्वको अनुभूति गरेको छु ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!