प्रधानमन्त्री ओली अस्वस्थ भएपछि नेकपा सचिवालय बैठक स्थगित

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बोलाइएको सचिवालय बैठक प्रधानमन्त्रीको अस्वस्थताका कारण स्थगित भएको नेकपामा प्रवक्ता नारायणकाजी श्रेष्ठले साझा सवाललाई जानकारी दिए ।

बैठकका लागि नेताहरु बालुवाटार पुगेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य समस्या देखिएकोले बैठक शुक्रबार अपरान्ह ३ बजे बस्ने गरी स्थगित गरिएको उनले बताए । बैठक बस्दा प्रधानमन्त्रीको समस्यामा थप समस्या आउन सक्ने भएकोले हामीले नै बैठक स्थगित गर्रौ भनेका हौँ ’ प्रवक्ता श्रेष्ठले भने 'बैठक औपचारिक रुपमा प्रवेश नै भएन ।'

प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गराएर सोमबार स्वदेश फर्किएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!