मार्क्सवाद र एसियाली दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुदैँ

Posted on: 19 Aug, 2019

भदौ २, काठमाडौं । ‘मार्क्सवाद र एसियाली दर्शन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आजबाट काठमाडौंमा सुरु हुने भएको छ | सो सम्मेलन मंगलबारसम्म चल्ने छ ।सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, युरोपसहितका १२ राष्ट्रका प्रतिनिधिहरु सहभागी हुनेछन् । 

दिउँसो दुई बजे प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । उदघाटन सत्रपछि सुरु हुने गोष्ठीमा दुई दर्जन कार्यपत्र प्रस्तुत हुनेछन् ।

नेपालमा पहिलोपटक यस्तो सम्मेलन आयोजना हुन लागेको र यसले पूर्वीय दर्शन तथा मार्क्सवादी दर्शनको विषयमा तुलनात्मक अध्ययन विश्लेषण गर्ने सम्मेलन आयोजक समिति संयोजक प्रा.डा.काशीनाथ न्यौपानेले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!