ओली भन्छन, संविधान दिवसमा पोलपोलमा झण्डा होस्, घरघरमा दीपावली होस्

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय दिवस भएको भन्दै पोलपोलमा राष्ट्रिय झण्डा राख्न र घरघरमा दीपावली गर्न आग्रह गरेका छन् । उनले उक्त दिवसलाई भब्य र व्यापकताका साथ मनाउन अपिल गरेका हुन् |

ओलीले आफू उपचारका बिहीबार सिंगापुर जान लागेको र संविधान दिवस अगाडि नै फर्किने जानकारी दिए । दिवस तयारीका लागि बुधबार गृहमन्त्रालयमा आयोजित बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हरेक गाडीमा झण्डा होस्, हरेक पोलमा झण्डा होस्, हरेक घरले दीपावली मनाओस् । यो खुसीको चाड हो ।’

‘बिजुली नपुगेका ठाउँमा पनि हामी उहिलेदेखि दीपावली गरी आएका हौं पानस/दीयोमा बत्ती बालेर । बिजुली नपुगे पनि लस्करै दियो बाल्दा रमाइलो हुन्छ ।’ ३ असोज २०७२ मा संविधान जारी भएको थियो । यो दिनलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!