भारतसँग विगतका सम्झौता पालनाबारे छलफल गर्नुपर्ने सांसदको माग

Posted on: 21 Aug, 2019

भदौ ४, काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल वलीले नेपाल भारतबीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौतालगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताएका हुन् ।  

त्यस्तै सत्तारुढ दलका संसदहरुले नेपाल भारतबीच भएको जलस्रोतसम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा नेपाली पीडित बनेको गुनासो गरेका छन् । सांसद सुमनराज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरुलाई क्षतिपुर्ति अनुसार राहत रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर सुनसरी र सप्तरीका जनता समस्यामा परेको बताए ।

बुधबार सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस बिषयमा भारतीय पक्षसँग बार्ता गर्नुपर्ने उनले बताए । यस्तै बैठकमा बिशेष समय लिएर बोल्दै सांसद कोमल वलीले नेपाल भारतबीच प्राकृतिक स्रोत बाँडफाँटसम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गरिन् 

दुई देशबीच हुने सम्झौता विन विनको आधारमा हुनुपर्ने भन्दै जलस्रोत, तटबन्ध सडक जस्ता बिषयमा भारतीय पक्ष सँग छलफल गर्नुपर्ने बताइन् । बुधबारदेखि सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने बिषयमा छलफल गर्नुपर्ने उनको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!