नेकपाभित्र नेताहरुबारे सार्वजनिक टिप्पणी गरे स्पष्टिकरण सोधेर कारबाही हुने

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा व्यक्तिगत टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा प्रश्न उठाउनुपरेमा पार्टीभित्रै प्रक्रियागत ढंगले छलफलको विषय बनाउनुपर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यदि पार्टी नेताको बारेमा कुनै नेता, कार्यकर्ताले सार्वजनिक रुपमा टिप्पणी गरे स्पष्टिकरण साध्ने र कारबाही गर्ने निर्णय भएको उनले बताएका छन।

‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ श्रेष्ठले भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!