गणपूरक संख्या नपुगेर राज्य व्यवस्था समितिको बैठक स्थगित

Posted on: 27 Aug, 2019

भदौ १०, काठमाडौं ।  नागरिकतासम्बन्धी विधेयकमा रहेका विवाद समाधान गर्न गठित उपसमितिको प्रतिवेदन पेश गर्ने कार्यसूची अनुरुप बसेको बैठक स्थगित भएको छ | प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बोलाइएको बैठक गणपूरक संख्या (कोरम) नपुगेर स्थगित भएको हो |

मंगलबार दिउँसो १ बजे बोलाइएको बैठकमा धेरै सांसदहरु आएनन् । आएका केही सांसदहरु पनि बैठक बस्ने सम्भावना नदेखेर फर्किएका थिए । बैठक स्थगित गरेपछि उपसमितिको प्रतिवेदन पनि पेश हुन हुन सकेन ।

नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको सवालमा नेपाली बुहारी र ज्वाईंमा समान व्यवस्था लागू गर्ने वा नगर्ने भन्ने विवाद छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!