कांग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनको महाधिवेशन मंसिर २८ र २९ गते हुने

Posted on: 28 Aug, 2019

भदौ ११, काठमाडौं । कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको महाधिवेशन आगामी मंसिर २८ र २९ गते हुने भएको छ ।

जिल्ला अधिवेशन भदौ महिनाभित्र सक्ने र मंसिर अन्तिममा केन्द्रीय महाधिवेशन गर्ने निर्णय पदाधिकारी बैठकले गरेको प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले जानकारी दिए । युनियनको पदाधिकारीको बैठकले मंसिर २८ र २९ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

पदाधिकारी बैठकको यो निर्णयलाई काठमाडौंमा बुधबार साँझ बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गर्ने उनले बताए । नेपाल प्रेस युनियनको स्थापना २०४८ साल जेठ १३ गते भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!