जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ:प्रचण्ड

Posted on: 04 Sep, 2019

भदौ १८, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् | 

भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश्रय पाउने बताए । ‘फेरी पनि अराजकता र अन्यौलता यो देशले थाम्न सक्दैन,’ उनले भने, ‘जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ, अब एक्सनमा जानुपर्छ ।’

केही तत्वले जनतालाई भ्रम पार्न र विकासको विरोधमा लागि परेको उनको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!