चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रचण्डको आह्वान

Posted on: 07 Sep, 2019

भदौ २१, काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् ।

प्रचण्डले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वातावरण बनेको बताए । उनले चीन सरकार र निजी क्षेत्रले नेपालको आर्थिक विकासमा सहयोग गर्ने अपेक्षा आफूहरुले राखेको उनले बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेपाल सधैं एक चिन नीतिमा दृढ रहेको र नेपाली भूमिलाई कुनै पनि अवस्थामा चीनविरुद्ध प्रयोग गर्न नदिने प्रतिवद्धता पनि दोहोर्‍याए ।

कार्यक्रममा चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले दुई देशबीच राजनैतिक, आर्थिक, सामाजिक तथा संास्कृतिक र जनतरका सम्बन्धहरु विस्तार भइरहेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!