दोस्रो चरणको जागरण अभियानमा कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि (नामावलीसहित)

Posted on: 08 Sep, 2019

भदौ २२, काठमाडौं | दोस्रो चरणको जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसले अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ | प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो |

कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि असोज ७ गतेसम्म सञ्चालन हुनेछ । हरेक जिल्लामा दुई-दुई जनाको दरले प्रतिनिधि खटाइएको छ । पूर्वमन्त्री, पूर्व सांसद, पूर्वसभापति, प्रतिनिधिसभा र राष्ट्रियसभाका उम्मेदवारलगायतलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।

कांग्रेसले यसअघि पहिलो चरणको राष्ट्रिय जागरण अभियान गत वैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालन गरेको थियो ।

नामावली हेर्न यहाँ क्लिक गर्नुहोला

यस बिषयमा तपाइको प्रतिक्रिया...!