गौहत्या नरोकिए हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने कांग्रेस सांसदको चेतावनी

Posted on: 08 Sep, 2019

भदौ २२,काठमाडौं | प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेलले गौहत्या नरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् |

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद कँडेलले  नियतवश गौहत्या बढेकोले सनातन हिन्दू राज्यको पक्ष र विपक्षमा जनमत संग्रहको माग लिएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए । उनले गौहत्यामा सजाय कम रहेको भन्दै गैंडा, बाघ जस्ता जनावरको हत्या गर्नेलाई ५ वर्षदेखि १५ वर्षसम्म सजाय तोकिएकोमा गौहत्यामा विभेद कायम रहेको बताए |

कँडेलले देशका सबै हिन्दू र ओमकार परिवारले हिन्दू राज्य र संविधान परिवर्तनका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आएको बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!