विप्लवका छोरा प्रकाश चन्द पक्राउ

Posted on: 11 Sep, 2019

भदौ २५,  चितवन |  प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द पक्राउ परेका छन्  । उनलाई चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनकाले जनाएको छ |

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए | उनलाई जिल्ला प्रहरी कार्यालय चितवनभित्र राखिएको छ । 

अस्पतालभित्रै प्रवेश गरी सेवा प्रवाहमा अवरोध खडा गर्ने र तोडफोड गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ | उनीसहित अरुलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!