विप्लव समूहका बर्दिया जिल्ला इञ्चार्जसहित २ जना पक्राउ

Posted on: 13 Sep, 2019

भदौ २७, राजापुर । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । 

प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।

जिल्लामा भएका विभिन्न घटनामा जोशी र चलाउनेको हात रहेको आशङ्कामा पक्राउ गरिएको र उनीहरूमाथि थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!