गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. सुशिल कोइरालालाई प्रदान गरिने

Posted on: 17 Sep, 2019

 भदौ ३१, काठमाडौं | यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक नेपाली कांग्रेसका पूर्वसभापित एवम् पूर्वप्रधानमन्त्री स्व. सुशिल कोइरालालाई प्रदान गरिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री स्व. कोइरालालाई संविधान दिवसको दिन पारेर गणेशमान सिंह तथा जनअन्दोलन सहिद स्मृति प्रतिष्ठानले आगामी असोज ३ गते सो पदक प्रदान गर्न लागेको हो ।

प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले कोइरालाको सम्मानमा मरणोपरान्त सो पदक प्रदान गर्न लागिएको जानकारी दिए । सो पदक राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा विशेष समारोहको आयोजना गरी प्रदान गरिने उनले बताए ।

गत वर्ष सो पदक लोकतत्रको स्थापनामा महत्वपूर्ण भुमिका निभाएको भन्दै कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो । त्यस अघि पूर्व राष्ट्रपति रामवरण यादव, संविधान सभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङ तथा संविधान मस्यौदा समितिका सभापती कृष्णप्रसाद सिटौलालाई दिइएको थियो ।

२०६२/०६३ को जनाअन्दोलन सफल भएदेखि २०६४ बाट हरेक वर्ष यो पदक देशका लागि महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरुलाई प्रदान गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!