आज संविधान दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

Posted on: 20 Sep, 2019

असोज ३, काठमाडौं | आज असोज ३ गते अर्थात संबिधान दिवस देश भरि विभिन्न कार्यक्रम गरि मनाइदै छ | संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ | दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ |

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ |

समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ | समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने समितिले जनाएको छ |

२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो | सुरुदेखि नै संविधान विभेदकारी भएको भन्दै मधेसवादी, आदिवासी जनजातिलगायत रुष्ट भएका छन् | यसका कतिपय प्रावधान विभेदकारी भएकाले संशोधन गर्न उनीहरूले माग गरेका छन् |

केहि मधेशबादी दलहरुले संविधानको विरोध गरिरहेका छन् |तर यही संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी भइरहेका छन् | सरकारले भव्य ढंगले संविधान दिवस मनाउने तयारी गरिरहँदा असन्तुष्ट समूह भने यसको विरोधमा देखिएका छन् | मधेसी दल तथा केही संगठनहरूले यसलाई कालो दिनका रूपमा मनाउने घोषणा गरेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!