नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्झौतामा हस्ताक्षर

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) र चिनियाँ कम्युनिष्ट पार्टी सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ | मङ्गलबार भएको कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहेका थिए |

नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओले सम्झौतापत्रमा हस्ताक्षरपछि हस्तान्तरण गरिएको थियो । नेकपाको निमन्त्रणमा चिनियाँ कम्युनिस्ट पार्टी सोङ ताओ नेतृत्वको टोली सोमबार काठमाडौ आएको थियो । चिनियाँ राष्ट्रपति सि जिनपिङको असन्न नेपाल भ्रमणको तयारीस्वरुप उक्त टोली नेपाल आएको बताइएको छ । 

चिनियाँ टोली र नेकपाबीच सोमबार ‘सी जिनपिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टीको धारणा तथा नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच विचारधारात्मक छलफल’ कार्यक्रमको उद्घाटन भएको बताइएको छ | आज पनि उक्त कार्यक्रम जारी रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!