उपप्रधानमन्त्री पोखरेलले श्रममन्त्रीलाई भने, 'सरोकारवाला निकायसंग समन्वय गरेर निर्णय गर्नुस्'

Posted on: 24 Sep, 2019

असोज ७, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगार क्षेत्रको समस्या समधान गर्न का लागि सरोकारवाला निकायहरूसंग समन्वय गरेर निर्णय लिन श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गोकर्ण विष्टलाई अनुरोध गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघको २७ औं साधारणसभाकोउद्वघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्णय गर्दा समन्वय अभाव भएकै कारण केहि समय वैदेशिक रोजगार क्षेत्रमा समस्या उत्पन्न भएको तर्फ इङ्गित गरेका थिए ।


सरकार वैदेशिक रोजगारिको क्षेत्रको समस्या समधान गर्न तयार रहेको उनको भनाइ छ। सवै निकाय सग समन्वय गरेमा निर्णय कार्यनयन मा समेत सहज हुने पोखरेलको भनाइ छ ।

वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताए । नीति, निर्णण गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार पछिल्ले समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताए । संघको साधारणसभाले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । साधारणसभामा ६ सय ५८ जना प्रतिनिधिहरु रहेका छन् । नयाँ नेतृत्वका लागि लोकतान्त्रिक फोरमका तर्फबाट बिष्णु गैरे र प्रगतिशील समुहको तर्फबाट सरोज पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!