कांग्रेस जुट्ने जुटाउने जागरणको उदेश्य: संविधान सभा सदश्य नरभान कामी

Posted on: 24 Sep, 2019

धुर्ब बिष्ट |असोज ७ बझाङ | नेपाली कांग्रेसको  जागरण अभियानको मुख्य उदेश्य जनतालाई जुट्ने र जुटाई बलीयो बनाउने रहेको संविधान सभा सदस्य नरभान कामीले बताउनु भएको छ । काँग्रेसले जनमत बटुल्न एकढिका हुन जरुरी रहेको उनले बताउनु भएको छ ।

दोस्रो चरणको जागरण अभियानलाई सफल पार्न बझाङ जिल्ला क्षेत्र न. २ मा केन्द्रबाट प्रतिनिधी खटीएका सांसद कामीले जनताहरु दुई तिहाई सरकारको चपेटामा रहेकाले जनता र पार्टीका लागि जागरण अभियान फलदायि रहेको दाबी गर्नु भएको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा भएको जागरण अभियान समापन समारोह लाई सम्बोधन गर्दै सांसद कामीले अब दुई तिहाई सरकारको काम गराई शैलीका बिरुद्व हामी एक भएर जान कन्चुसाई नगरौ आन्तरिक  तिक्तता हटाई पार्टीको विधि,बिधानमा अडिक भई बलियो प्रतिपक्षको भूमिकामा हातेमालो गर्न समेत कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आन्तरीक पार्टीको अधिवेशनको बिषय लाई लिएर कही कतै पनि नेता तथा कार्यकर्ताहरुबाट बदमासी नहुने उनको भनाई रहेको थियो ।

दुई तिहाई सरकारले जनमुखी कुनै काम गर्न नसकेकाले सकारको काम गराई प्रति जनता आक्रान्त रहेकाले जनतामाझ काग्रेस उपस्थिती देखाई कार्यकर्ता संरक्षण हाम्रो मुख्य जिम्मेवारी रहेको उनले उदघोष गर्नु भएको छ । हिमाल, पहाड तराई मधेष मुख्य नारा दिई भाद्र २४ गते उद्घाटन भएको दोस्रो चरणको जागरण अभियान आज नेपाली काँग्रेस पार्टीले ७७ वटै जिल्लामा बिरोध ,जनसभा,बिरोधर्यालीका साथ समापन गर्दै छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!