सरकारले गर्यो तीन एआईजीको सरुवा, को कहाँ ?

Posted on: 25 Sep, 2019

असोज ८, काठमाडौं | मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका तीन अतिरिक्‍त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ |

बैठकले पुष्कर कार्कीलाई कार्य तथा अपराध अनुसन्धान विभाग, ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र धिरु बस्नेतलाई मानवस्रोत एवं प्रशासन विभागमा दरबन्दी राखेर राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा काजमा राख्ने निर्णय गरेको हो |

यसअघि एआईजीहरु कार्की प्रहरी प्रशिक्षण प्रतिष्ठानमा, ठूले राई मानव स्रोत एवं प्रशासन विभागमा र बस्नेत अपराध अनुसन्धान विभागमा थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!