माओवादी केन्द्र निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न पुरानै

Posted on: 26 Sep, 2019

असोज ९, काठमाडौं | तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा बनेपछि माओवादी केन्द्रको नाममा छुट्टै दल दर्ता भएको छ | मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तत्कालीन माओवादी केन्द्रका नेता गोपाल किरातीले पुरानै नाममा नयाँ दल दर्ता गरेका हुन् |

उक्त दललाई निर्वाचन आयोगले चुनावचिन्ह पनि गोलाकारभित्रको हसिया हथौडा दिएको छ  | मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २१ वटा नयाँ दल दर्ता भएका छन् | तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि बनेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नयाँ पार्टीको रुपमा दर्ता भएको छ | त्यस्तै तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टी मिलेर बनेको समाजवादी पार्टी पनि नयाँ दर्ता भएको छ | 

आयोगको बुधबारको निर्णयबाट साझा पार्टी, नेपाल कम्युनिष्ट पार्टी (ने क पा), राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक), नेपालवाद, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त), जनमत पार्टी (जपा), नेपाल लोकतान्त्रिक पार्टी, समाजवादी पार्टी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल, नेपाली काँग्रेस (वी. पी.), इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, मंगोल नेशनल अर्गनाइजेशन, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी ९पुष्पलाल० र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नामक राजनीतिक दल दर्ता भएका हुन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!