महराको बिषयमा बसेको नेकपाको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय

Posted on: 01 Oct, 2019

असोज १४, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले सभामुख महरालाई सभामुख र सांसद पदबाट समेत राजीनामा दिएर छानविन प्रकृयामा सघाउ पुर्याउनुपर्ने सुझाव दिने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठके जानकारी दिएका छन् । 

सभामुख महरामाथि संसद सचिवालयकि एक कर्मचारीले दुर्व्यवहार गरेको आरोप लगाएपछि महरालाई राजीनामा दिएर छानबिन र घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्याउन नेकपा बैठकले सुझाव दिने निर्णय गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!