मन्त्रीहरु हटाउने तयारी हुँदै

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौँ | वर्तमान सरकारका केहि मन्त्रीहरुको पद गुम्ने संकेत प्राप्त भएको छ । प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जानु अगावै झन्डै आधा दर्जन मन्त्रीहरुको पदमा नयाँ मन्त्रीहरु आउनसक्ने संकेत प्राप्त भएको हो ।

परिवर्तन हुने मन्त्रीहरुको लिस्टमा मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम रहेको बुझिएको छ । 


सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले माथि नाम रहेका मध्ये कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको बुझिएको छ । सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जानकारी दिएका थिए । नेकपा सचिवालयको बैठकबाट मन्त्रीहरु हेरफेरबारे निर्णय लिएर मन्त्रीमण्डल पुनर्गठन हुने बुझिएको छ । जसको लागि सोमबार साँझ ५ बजेका लागि पार्टी सचिवालयको बैठक बोलाइएको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!