नेपालमा धार्मिक युद्ध छिराउने गम्भीर षड्यन्त्र, भारतीय नागरिक मारिए

Posted on: 31 Oct, 2019

कात्तिक १४, काठमाडौँ | कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोलीबाट मृत्यु हुने भारतीय रहेको पुष्टि भएको छ । 

कफ्र्यु तोडेर गरिएको प्रदर्शनको नेतृत्व गरेका व्यक्तिमाथि प्रहरीले चलाएको गोली लागेको थियो । त्यसरी गोली लागेर मृत्यु हुनेमा भारतको सिद्धार्थ नगर जिल्लाका बासिन्दा रहेको पुष्टि भएको छ । उनी वढ्नीसँग जोडिएको भारतीय भूभागमा स्थायी घर भएका व्यक्ति भएको पुष्टि हुन आएको कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशम्शेर जबराले बताएका छन् । 


कृष्णनगरमा भएको  झडपलाई थप उत्तेजित बनाउन उनीसहितको ठूलो समूह नेपाल भित्रिएको प्रहरीले आंकलन गरेको राससमा समाचार छ । 

स्थानीयका अनुसार कृष्णनगरमा भएको प्रदर्शनका क्रममा सहभागी धेरै नागरिकको अनुहार अपरिचित रहेको बुझिएको छ । यस बिषयलाई नेपालमा धार्मिक द्वन्द छिराउने गम्भीर षड्यन्त्र भएको भन्दै गम्भीर भएर घटनाको छानवीन गर्नुपर्ने केहि स्थानीयले आफ्नो राय प्रकट गरेका छन् । स्थानीयका अनुसार हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो । झडप पछि केहि मूर्ति सेलाउन बाँकी रहेको छ । 

कृष्णनगरमा लक्ष्मीको मूर्ति बिसर्जन गर्ने क्रममा बिबाद भएपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेबाट कफर्यू आदेश जारी गरेको थियो । स्थानीय हिन्दू र मुस्लिम समुदायबीच भएको झडपले उग्र रुप लिएपछि कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू जारी गर्नुपरेको प्रशासनले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!