नयाँ प्रदेश प्रमुख छनोट गर्न नेकपा सचिवालय बैठक सुरु

Posted on: 04 Nov, 2019

कार्तिक १८, काठमाडौं | प्रदेश प्रमुख बारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक जारी रहेको छ | उक्त बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ ।

तत्कालिन प्रधानमन्त्री एवंम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नियुक्त गरेका सातै वटै प्रदेशका प्रमुखहरुलाई आइतबार राष्ट्रपतिले बर्खास्त गरेकी थिइन् | बैठकमा नयाँ प्रदेश प्रमुखका लागि प्रस्तावित नामहरुबारे छलफल गरी आजै टुंगो लगाइने नेकपाका नेताहरुले जनाएका छन् |

सचिवालय बैठकमा नाम टुंगो लागेपछि मन्त्रिपरिषद बैठक बसेर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको तयारी छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!