भारतीय साम्राज्यवादको विरुद्धमा विप्लवले गर्यो एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक

Posted on: 06 Nov, 2019

कात्तिक २०, काठमाडौं | प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ |भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले मसाल जुलुसदेखि भारतीय प्रधानमन्त्रीको पुत्ला जलाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।

महासचिव विप्लवले बुधबार निकालेको विज्ञप्तिमा संघर्षका कार्यक्रम अन्तर्गत यही कात्तिक २६ गते भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीको पुत्ला दहन गर्ने उल्लेख गरिएको छ । त्यसको भोलिपल्ट २७ गते संयुक्त राष्ट्र संघको नेपालस्थित कार्यालयमा बिरोध पत्र दिने कार्यक्रम विप्लव समूहले सार्वजनिक गरेको छ ।

यस्तै, २१ गते मसाल जुलुस, २२ गते कोणसभा, २३ गते भारतीय दूतावासमा ज्ञापनपत्र, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते प्रदर्शन गर्ने कार्यक्रम विज्ञप्तिमार्फत जानकारी गराइएको छ । यसअघि बिभिन्न राजनीतिक दल र तिनका भातृ संगठनहरूले पनि भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै बिरोध जनाएका छन् । केही विद्यार्थी संगठनहरूले प्रदर्शन गर्ने बताएका छन्  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!