भारतीय दूतावास अगाडि विद्यार्थीहरुले गरे प्रदर्शन, ‘गो ब्याक इन्डिया’

Posted on: 07 Nov, 2019

कार्तिक २१, काठमाडौँ | नेपाली भूमिलाई भारतले हालै जारीगारेको राजनीतिक नक्सामा राखेपछि देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ | सोहि क्रममा राजधानी स्थित भारतीय दुतावास अगाडी बिद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् |

नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले भारतीय दुतावास अगाडी पुगेर गो ब्याक इन्डियाको नारा लगाएका छन् | नक्सा सच्याउनका लागि भारतलाई दवाब दिन प्रदर्शन गरेको बताएका छन् |

‘गो ब्याक इन्डिया’ , ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी हाम्रो हो’ प्लेकार्ड बोक्नुका साथै नारा समेत लगाएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!