नेपाली भुमि भारतीय नक्सामा परेको नेपालको दाबि भारत द्वारा अस्विकार

Posted on: 07 Nov, 2019

कात्तिक २१, काठमाडौं | भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि परेको नेपालको दाबीलाई भारतले अस्विकार गरेको छ | नयाँ दिल्लीस्थित शास्त्री भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ‘उनले भने |

नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्र रहेकोले त्यसले समाधान गर्ने उनले बताए | दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ प्रति सचेत रहनुपर्ने उनको दाबि छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!