भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने प्रचण्डको दाबि

Posted on: 07 Nov, 2019

कात्तिक २१, पोखरा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले जारि गरेको नक्सा नेपाललाई स्वीकार्य नहुने दाबि गरेका छन् | जुनखालको नक्सा सार्वजनिक गरिएको छ त्यो नेपाललाई मान्य छैन बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने |

भारतको नक्सामा नेपालको गम्भीर आपत्ति रहेको भन्दै उनले यसबारे सरकार पनि बोलिसकेको बताए | जेपालको भौगोलिक अखण्डताबारे सिंगो राष्ट्र एक ठाउँमा उभिने भन्दै उनले भने, ‘राष्टिय अखण्डता, सार्वभौमसत्तामा कहि कतै सम्झौता गर्ने, लचिलो हुने भन्ने सवाल नै हुँदैन ।’

सरकारले भारतीय नक्सा स्वीकार्य छैन भनिसकेकाले अब दुई देशबीच संवाद हुने उनले बताए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!