विप्लव समूहका पूर्वइञ्चार्ज पक्राउ

Posted on: 08 Nov, 2019

कात्तिक २२, काठमाडौं | प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका भक्तपुर र ललितपुरका जिल्ला पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् | उनलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो |

उनको साथबाट  चन्दा उठाएको रसिद, मोबाइल फोनलगायत सामग्री बरामद गरिएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए | उनलाई जिल्ला प्रहरी कार्यालय, भक्तपुरमा राखिएको र थप अनुसन्धानपछिकारवाही हुने प्रधानले बताए |

पक्राउ परेका केसी विप्लव समूहका पूर्व केन्द्रीय सदस्य हुन् | उनलाई भक्तपुर र ललितपुर इञ्चार्जको जिम्मेवारीसमेत दिइएको थियो | तर, उनको कार्यशैलीमाथि प्रश्न उठाउँदै पार्टीले कारबाही गरेको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!