आज गणेशमान सिंहको १०५ औं जन्म जयन्ती

Posted on: 10 Nov, 2019

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको उपललक्ष्यमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छन् |

काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, पूर्वमन्त्री  राजन केसी लगायत सहभागी थिए | उनका छोरा एवम् काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंह भने अमेरिकामा रहेकाले कार्यक्रममा सहभागी हुन नपाएको उनको सचिवालयले जनाएको छ ।

गणेशमान सिंह १ सय ५ औँ जन्म जयन्तीको अवसरमा दिउँसो १ बजे ज्ञानेश्वरमा स्मृति सभा गर्ने र साँझ ५ बजे नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला समितिले रत्नपार्क शान्तिवाटिकामा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ ।

राणा शासनको अन्त्य र प्रजातन्त्र बहालीका लागि सिंहको योगदानलाई अतुलनीय मानिन्छ । सिंहले नेपाली प्रजातान्त्रिक आन्दोलनका नायक बीपी कोइरालासँग मिलेर नेपाली कांग्रेस स्थापनासमेत गरेका थिए । उनी नेपाली राजनीतिमा संघर्ष र इमान्दारिताका पर्याय मानिन्छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!