नेकपाको सचिवालय बैठक जारी

Posted on: 11 Nov, 2019

कार्तिक २५, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ | सुरू भएको बैठकमा विभिन्न आयोगहरूका प्रमुखको नियुक्ति विषयमा छलफल हुने जनाइएको छ |

नेकपामा अनुशासन, निर्वाचन र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। पार्टीका अन्य विभागमा पनि सदस्य चयन हुन बाँकी छन् | यसअघि हिजो पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच भेट भएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!